लोकसेवा र संघर्ष

              लोकसेवा र संघर्ष


'गलैँचा व्यापारी देखी कृषि शाखा प्रमुख बनेका अनिपाल': उहाँ अनिपाल भण्डारी । घर कालीकोट जिल्ला कर्णाली प्रदेश ! सामान्य परिवारमा जन्मेका अनिपाललाई डिप्लोमा एजी पास गर्न निकै कठिन पर्छ । पहिलो वर्षमा ४, र तेस्रो वर्षमा १ वटा विषय ब्याक लगाएर ३ वर्षे डिप्लोमा एजी पास गर्न पनि उनलाई ४/५ वर्ष लाग्छ । पासपछी उनी लोकसेवा पढ्ने भनेर पहिलोपटक सहर जान्छन् (सुर्खेत) ! सुर्खेत आएर तयारी थालेको २ महिनामै कोरोनाले गर्दा लकडाउन हुन्छ ! अब के गर्ने ? घर जानु भन्दा पनि म केही गर्छु सँगै पढ्छु भनेर उनि आफ्नै दाजु भएको ठाउँ ईटहरी सुनसरी आउँछन् । अब सुनसरिमा उनको नयाँ Routine बन्छ । दिनभरी काँधमा गलैँचा, कार्पेट र पिठिउँमा कपडाको भारी बोकेर दैनिक घरघरमा गएर बेच्ने र राती लोकसेवा पढ्ने कार्य चल्छ । दिनभरको थकानले राती पढाई गर्न निकै अप्ठ्यारो हुँदा कहिँले काहीँ त लोकसेवा छोड्दिम् क्या हो भन्ने पनि उनको मनमा लाग्छ । 

                     


निरन्तर ईटहरी बसेर गलैँचा बेच्दै ३ वर्ष बितिसक्यो ! यही बिचमा लोकसेवा खुले जति ठाउँमा उनले फर्म भरे परिक्षा दिए तर नाम कतै पनि आएन ! उनि सफलताको पर्खाई भन्दा पनि कुन दिन मेरो यो गलैँचा बेच्ने कामबाट मुक्ती मिल्छ होला भनेर सोचीरहन्थे ! लोकसेवा दिँदा नाम आउँदैन यता गलैँचा बेच्दा बेच्दा जिन्दगी सकिन थालिसक्यो । उनी भन्छन्, " गलैँचा काँधमा बोकेर ईटहरीको 40 डिग्रिको त्यो तातो बाफमा हिन्दै गर्दा लाग्थ्यो कि न पैशा न जिन्दगी न त सलफता नैँ आफ्नो हातमा रहला जस्तो छ !"😢


असफलता र पिडामा मात्र हुनुपर्छ सायद समस्यामा समस्या र पिडामा पिडा त समयले आफै थपिदिनेरहेछ । उनलाई पनि त्यस्तै भयो ! आफ्नै जिन्दगी असफलताले थला परिरहेको बेला उता घरमा आमालाई ठुलै बिरामी पर्यो ! अब निकै आपद् आईलाग्यो ! न उपचारको लागी पैशा छ न त आमालाई रेखदेख गर्ने कोही ? अब उनि आमाको उपचार गर्ने भनी ईटहरीबाट घर जान्छन्, घरमा अकस्मात् समय परिस्थिति अनुसार परिवारले उनिलाई बिहे गर्न बाध्य पार्छन् ! बिहे गर्छन् ! बिहे गरेर अब उनी फेरी ईटहरी फर्किन्छन् र घरमा बुढीलाई बिरामी आमाको साहार बनाएर राख्छन् ! सानै उमेरकी थिईन उनकी बुढी ! घरको परस्थिति तथा बाध्यताले उनकी बुढीको पढाईमा पुर्णविराम लाग्यो । यता अनिपाल ईटहरीमा पुन: गलैँचा व्यापारमै खटिए ! गलैँचाको भारी बोक्दा बोक्दा थाकेका अनिपालले केही समयपछी करारमा कृषि ज्ञान केन्द्र गुल्मीमा काम गर्ने मौका पाए ! उता आमाको पनि विस्तारै स्वास्थ्यमा सुधार आयो । उनि हुँदा हुँदा ज्ञान केन्द्रमा काम गर्न थालेको २ वर्ष बित्यो तर लोकसेवामा नाम कतै पनि आएन । फेरी उनलाई CTEVT अन्तर्गत बारपाक बहुप्राविधिक शिक्षालयमा करार सेवामा Job गर्ने मौका मिल्यो । उनि गुल्मि छाडेर गोरखा आए । उनलाई घरखर्च पहिले भन्दा अलि सजिलो भयो । पढ्ने समय मिल्यो रात दिन घरको दु:ख सम्झिदै पढे । CTEVT मा आएको करिब १ वर्ष पछी उनले कोशी प्रदेश कृषि पाँचौँ तहमा पुर्ण सफलता हात पारे ! र अन्तमा उनको सपना पुरा भयो । 


2076 बाट 2081 सम्म उनले कुल ३२ पटक लोकसेवा दिएका रहेछन् ! करारको सबै पैशा भरी लोकसेवाको फर्म र परिक्षा दिनमा लगानी गरेको उनि बताउँछन् ! अहिले बुबाआमा र बुढीलाई अनिपालले व्यवस्थापन गरेर राखेका छन् । उनिभने मेन्छयायेम गाउँपालीका तेर्हथुममा कृषि विकाश शाखाको शाखा प्रमुखको रुपमा कार्यरत छन् !❤️ #Congrats #goodluck स्रोत: AFN 

Post a Comment

0 Comments