दोस्रो पटक स्थगित भयो MU को स्ववियु निर्वाचन आखिर किन?









२७ भद ौ२०८१, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को शुक्रबारका लागि निर्धारित चुनाव स्थगित भएको छ । विद्यार्थीहरुले दायर गरेको एक रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले बिहीबार निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चुनाव स्थगित भएको हो ।






 विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरुको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै निर्वाचन स्थगित गर्न माग राखेर रिट दायर गरेका थिए मध्यपश्चिम विश्वविद्यालयका स्ववियु निर्वाचन अधिकृत त्रिभूवन विसीले स्टे अर्डर आएको बताउँदै आगामी २०८१ असोज ६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको खबर आएको बताए । लोकतान्त्रिक व्यवस्थामा निर्वाचन बलियो माध्यम हो। निर्वाचन हुनका लागि यसका प्रक्रिया छन्। जुन क्रमबद्ध हुन्छन्। मध्यपश्चिम
विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यो समेत गरी दोस्रो पटक स्थगित भएको छ। स्थगितको कारण एउटै छ। मतदाता हुन पाउनु अधिकारको विषय हो। तर, अधिकार कतिबेला माग्ने त्यो जिम्मेवार अधिकारग्राहिले बुझ्नुपर्ने विषय हो। अन्यथा कुबेलामा बजेको ढोलले आवज त दिन्छ तर, सन्तुष्टि नदिन सक्छ। निर्वाचनको सुरुवाती प्रक्रिया मतदाता नामावली प्रकाशन हो। नामावली प्रकाशन पछि दावी विरोध गर्ने समय छुट्याइएको हुन्छ। यसअवधिमा मतदाता नामावलीमा नाम नभेटिएपछि दावी विरोध गरी समावेश गर्न सकिन्छ। यदि दावी विरोध थियो भने, निर्वाचन कमिटीले त्यसको सम्बोधन किन गर्न सकेन? दोषी चाहिँ को? मतदानको संघारमा आएर निर्वाचन प्रक्रिया स्थगित हुनु पहिलो दोषी निर्वाचन कमिटी किनकि जिम्मेवारीपूर्वक सबै मतदातालाई समावेश नगरिनु, दोस्रो अधिकार खोज्ने मतदाता, तेस्रो विश्वविद्यालय व्यवस्थापकीय निकाय, र अन्त्यमा उच्च अदालत सुर्खेतको पनि कमजोरी छैन भन्न सकिन्न। sourse: नवीन शाही

Post a Comment

0 Comments