दशैमा मौसम कस्तो ? 📣📣
असोज १९, शनिबार !!
नेपालको आकाशमा मनसुनी बादलको उपस्थिती अब कमजोर हुँदै गएको देखिन्छ । मेरो बिचारमा अब मनसुन बाहिरिने अवस्थामा छ । आगामी ५ दिन (बुधबार) सम्म कुनै प्रकारको वर्षा (गहिरो उपत्यकामा हल्का वर्षा बाहेक) देखिँदैन ।
नारायणी नदीदेखी पश्चिमीक्षेत्रमा अर्थात लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा अब वर्षाहुने देखिँदैन । उपल्लोगण्डकी (कास्की, लम्जुङ, तनहुँ, म्याग्दी, स्याङ्जा) र बागमती (काठमाडौं, काभ्रे, दोलखा, सिन्धुपाल्चोक) क्षेत्रमा धेरैवर्षाले भूभाग ओषिलो भएको कारण दिनभरिको चर्कोघामले हुने वाष्पिकरणले सिर्जित बादलहरुबाट सिमित तथा सानोक्षेत्रहरु (जस्तै कास्कीको लुम्ले, काठमाडौं उपत्यकाको शिवपुरी, कपन, गोदावरी आदी) मा साँझपख: वर्षाहुने सम्भावना अझै केहीदिन रहनेछ । तर यस्तो वर्षा बिनासकारी नहुने र केही समयको लागिमात्र हुनेछ । नक्सामा देखाइएको हरियो घेराभित्रको क्षेत्रमा मनसुनी बादलहरुको उपस्थिती अझै केहीदिन रहनेछ तर तराई क्षेत्रमा वर्षाको सम्भावना धेरै कम रहने छ भने पहाडी क्षेत्रभित्र वर्षा भए पनि क्षणिकमात्र हुनेछ ।
पश्चिमनेपालमा धान भित्र्याउन शुरु गर्नुभए हुन्छ । नक्सामा देखाइएको क्षेत्रमा तराई बाहेकको क्षेत्रमा अझै एक साता पर्खनु ठीक हुनेछ । एउटा कुरा स्पष्ट के छ भने दशैको अवधीभरी ठुलो र बिनासकारी वर्षाको कुनै सम्भावना छैन । अधिकांश समय उज्यालो घाम र नीलो आकाशमय रहने छ । त्यसैले ढुक्कले परिवार तथा साथीहरुसँग यात्रा गर्नुहोला र खुशीसाथ दशै मनाउनु होला । दसैंको शुभकामना ।
-Ujjwal Upadhyay, मौसमविद


0 Comments