ठूलो सङ्ख्यामा माग्यो कर्मचारी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले

"वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको"

(प्रकाशित मितिः २०८१/११/२३ गते नागरिक राष्ट्रिय दैनिक पत्रिका )
                   

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले को च.नं. ५३१६/०८१/०८2 अनुसार प्रकाशित भएको सूचना अनुसार विभिन्न पदहरूको माग गरेको छ।

यस प्रतिष्ठानको अस्पताल तर्फका विभिन्न वार्डहरू आदिका लागि स्टाफ नर्स पद करार सेवामा पदपूर्ति गर्नुपरेको हुंदा देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आफ्‌नो शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, नेपाल नर्सिङ्ग काउन्सिलको दर्ता प्रमाणपत्रको प्रमाणित प्रष्ट बुझिने Scan Copy संलग्न गरी सूचना प्रकाशित मितिले ३० दिनभित्र प्रतिष्ठानको Web Site: vacancy.bpkihs.edu मा उल्लेख भए बमोजिम Online आवेदन दिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन ।


(क) पद, आवश्यक संख्या तथा न्यूनतम योग्यताः

पद : स्टाफ नर्स

आवश्यक संख्या : १४३

न्यूनतम योग्यता :मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रमाण पत्र तह उतिर्ण गरेको ।

(ख) सेवाको किसिम: करार सेवा

(ग) परीक्षाको किसिम :लिखित र अन्तर्वार्ता परीक्षा ।

(घ) परीक्षाको अंकभार: लिखित परीक्षा ७५ र अन्तर्वार्ता परीक्षा २५

( ङ) उमेरको हद: दरखास्त फारम भर्ने अन्तिम मिति सम्ममा पुरुषको हकमा ३५ बर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्छ ।

१)तलव तथा अन्य सुविधा प्रतिष्ठानको नियमानुसार हुनेछ ।

२) सरकारी वा गैह्र सरकारी कार्यालय, शिक्षण संस्थामा काम गरिरहेका उम्मेद्वारहरूले सम्बन्धित कार्यालयको विभागिय स्वीकृति अनिवार्य पेश गर्नु पर्नेछ ।

३) दरखास्त फारम तथा परीक्षा दस्तुरः रू.१,५००/०० स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड, विराटनगरको चल्ती खाता न ०१-०२५६०२१-०१ वा सनराइज बैंक लिमिटेड, धरानको चल्ती खाता नं.००३१०२५१४७७०१८ मा जम्मा गरेको भौचरको Scan Copy गर्नुपर्नेछ ।

४)दरखास्त भर्ने अन्तिम मितिः २०८१।१२।२३ गते तथा दोब्बर दस्तुर तिरी मिति २०८१।१२।३० गते सम्म ।

५)लिखित तथा अन्तर्वार्ता परीक्षा मिति पछि प्रतिष्ठानको वेव साइट मार्फत प्रकाशन गरिनेछ ।

 ६)थप जानकारीको लागि प्रतिष्ठानको वेव साइट www.bpkihs.edu, सूचना पाटी साथै प्रतिष्ठानको कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्नुहोला वा Email Id.: vacancy@bpkihs.edu मा जानकारी गराउनु होला ।

७) विदेशी विश्वविद्यालयबाट उत्तिर्ण गरेका उम्मेद्वारहरूको हकमा अनिवार्य रूपमा समकक्षता प्रमाणपत्र पेश गर्नु पर्नेछ ।

८)Submit गरेको Online Form स्वीकृत वा अस्वीकृत भएको जानकारी सम्बन्धितको E-mail मा प्राप्त हुनेछ ।

९)प्रतिष्ठानमा आवासको सुविधा उपलब्ध हुनेछैन ।


Post a Comment

0 Comments