मौसम सम्बन्धी विषेश जानकारी
· साताको शुरूमा मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागी धान खेतबाट पानीको निकास राम्रोसँग गर्नुहोस्। खेतको गराको विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास गर्नुहोस्। नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकेको ३-४ दिनपछि मात्र धान काट्नुहोस्। हावाहुरीबाट लडेको धानको बोटलाई बाँधेर खडा गर्नुहोस्। बाँसको खम्बा गाडी त्यसमाथि भिजेको धानको बाला सुकाउनुहोस्। काटेको धानको पाँजोलाई अग्लो ठाउँ जस्तै आली कान्लामा सुकाउनुहोस्। भिजेको धानको बाला छिटो सुकाउन काटिसकेको धानको बालालाई नल (पराल) बाट छुट्याउनुहोस्। चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाको सहयोगले हावा दिई बेला बेला धानलाई चलाई छिटो सुकाउने प्रबन्ध गर्नुहोस्। भिजेर भण्डारण गर्न नमिल्ने धानलाई बिग्रनबाट जोगाउन नजिकको मिलसँग समन्वय गरी चिउरा र भुजा बनाई प्रयोगमा ल्याउनुहोस्।
· साताको शुरूमा मनसुन सक्रिय रहने देखिएकाले सबै प्रकारका बालीनालीमा विषादी छर्कने कार्य सम्भव भएसम्म रोक्नुहोस्।
· उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
ascriptcf60842f57679a0858b
साताभरि नै मनसुनी वायुको प्भावका कारणले पानी परी खेतबारीहरुमा पानी जम्ने वा हुने बाढीमा मुसा, छुचुन्द्रो आदिको मलमुत्रबाट सर्ने लेप्टोस्पाईरोसिस जस्ता मानिसमा पनि सर्न सक्ने जीवाणुहरु प्रशस्त मात्रामा पाईन सक्ने हुँदा, खेतबारीमा जाँदा बुट लगाएर मात्र जानुहोस्।
· साताभर मनसुनी वायुको प्रभाव रहने देखिएकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्।
· मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
· कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।

0 Comments