रुन्टीगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
होलेरी, रोल्पा लुम्बिनी प्रदेश, नेपाल द्वारा करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना !
(प्रथम पटक प्रकाशित मिति: २०८१।१२।०५)
रुन्टीगढी गाउँपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा तपसिलका विभिन्न पदहरुमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिलः
पद सेवा समूह/उपसमूह तह माग संख्या
१.कृषि प्राविधिक चौथो ३ (तीन जना)
२. अ.न.मी. स्वास्थ्य चौथो १ (एक जना)
३.पशु सेवा प्राविधिक पशु सेवा चौथो ४ (चार जना)
४. इलेक्ट्रिसियन प्राविधिक चौथो १ (एक जना)
१. आवश्यक न्यूनतम शैक्षिक योग्यता :
(अ) अ.न.मी. पदको लागि
(क) मान्यताप्राप्त शिक्षण संस्थाबाट अ.न.मी. कोर्ष उत्तीर्ण गरी काउन्सिल दर्ता प्रमाणपत्र भएको ।
(ख) दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
(ग) भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारबाही नभएको ।
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको ।
(आ) कृषि/पशु प्राविधिक पदको लागि
(क) नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी न्यूनतम १८ महिने जे.टि.ए. (कृषि विज्ञान/पशु विज्ञान) सम्बन्धी तालिम लिएको वा सम्बन्धित विषय लिई टि.एस.एल.सी. उत्तीर्ण गरेको ।
(ख) दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको महिलाको लागि ४० वर्ष ननाघेको ।
(ग) भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारबाही नभएको ।
स्रोत: प्रकाशन सूचना

0 Comments