बिधार्थीको_भविष्य_बर्वाद_गर्ने_ओली_सरकार_विरूद्ध_मधेश प्रदेश को बिधार्थी_आन्दोलित

बिधार्थीको_भविष्य_बर्वाद_गर्ने_ओली_सरकार_विरूद्ध_बिधार्थी_आन्दोलित

२ असोज २०८१ । शिक्षा यस्तो चिज हो जसले मानिसलाई बुद्धिमान विवेकशील र देश विकासमा मद्दत गर्दछ। देश विकास गर्नु छ भने त्यहाँका जनतालाई पहिला शिक्षित गर्नुपर्छ।

विद्यार्थी र शिक्षकको अनुपात नमिल्नुको कारणले विद्यार्थीहरु धेरै फेल हुन लागेको छ। विक्रम सम्वत २०८१  सालको रिजल्ट हेर्ने हो भने ५२.१४% विद्यार्थी फेल थियो भने ४७.८६% प्रतिशत विद्यार्थी पास थियो। मधेस प्रदेश अरु प्रदेश भन्दा सुगम भएपनि अरु प्रदेशको तुलनामा गर्दा सबभन्दा न्यून शिक्षा दर रहेको छ। विद्यार्थीको अनुपात धेरै र शिक्षकको अनुपात थोरै भएको कारणले शिक्षकले राम्रोसित विद्यार्थीहरुलाई पढाउन असमर्थ रहेको छ

ओली सरकारले आफैले बनाएको बिधार्थी-शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत पहाडी जिल्लाहरुमा १८ बिधार्थीमा १ शिक्षक र मधेसमा १०० बिधार्थीमा १ शिक्षकको दरबन्दी दिएर मधेसी विद्यार्थीहरुको भविष्य संग खेलवाड गरेकोले आम बिधार्थी मोर्चाद्वारा आज रौतहट, सर्लाही र पर्सामा विशाल प्रदर्शन गरिएकोछ ।





>उक्त जुलुसको नारा निम्नअनुसार छ:

हजारौको सहभागिता रहेका उक्त जुलुसमा “बिधार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर

विभेदकारी शिक्षा नीति खारेज गर

साम्प्रदायिक सरकार मुर्दावाद

विद्यार्थी आन्दोलन, जिन्दाबाद

No Teacher No Teaching

जस्ता नाराहरु लगाएका थिए । ओली सरकारको यस साम्प्रदायिक विभेदका विरुद्ध आन्दोलनरत सम्पूर्णलाई विद्यार्थीहरूको भलो भलोको लागि शिक्षक र विद्यार्थीको अनुपातको मिलाई शिक्षकको व्यवस्था गर्नु उपयुक्त देखिन्छ। आजको विद्यार्थी नै भोलिको देशको कर्णधार हो।





आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु शाहले विद्यार्थीको पक्षमा समर्थन जनाएको छ। उक्त आन्दोलनमा आम जनता पार्टीका विद्यार्थी मोर्चाहरूले पनि सहभागिता जनाएको थियो। अनि उहाँले भन्नुहुन्छ सम्पूर्ण विद्यार्थीहरूमा धन्यवाद ज्ञापन गर्दै सरकारलाई बच्चाहरुको भविष्य संग खेलवाड नगर्न चेतावनी दिएको छ

Post a Comment

0 Comments