,
Shocking: विदामा बसेका ६ हजारभन्दा बढी कर्मचारी ‘सम्पर्कविहीन’ सरकारले थाल्यो खोजतलास!!!😮
काठमाडौँ । अध्ययन, असाधारण र बेतलबी विदामा बसेका हजारौं निजामती कर्मचारी सरकारकै सम्पर्कबाहिर रहेको तथ्य खुलेपछि सरकारले उनीहरूमाथि कडा निगरानी र खोजतलास अभियान सुरु गरेको छ । लामो समयदेखि विदामा बसेर कार्यालयमा हाजिर नभएका, विदेश गएर सम्पर्कविहीन बनेका तथा अभिलेखमा समेत स्पष्ट अवस्था नदेखिएका कर्मचारीमाथि अब विभागीय कारबाही हुँदै बर्खास्तसम्मको प्रक्रिया अघि बढाइने भएको जानकारी पाइएको छ
राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार विभिन्न प्रकारका विदामा रहेका ७ हजार ५१ कर्मचारीमध्ये ९९३ जनाको मात्रै कानुनी र स्पष्ट अभिलेख भेटिएको छ । बाँकी ६ हजार ५८ कर्मचारीको वास्तविक अवस्था राज्य संयन्त्रलाई नै थाहा छैन ।

Post a Comment